काठमाडौं। तालिममा रहेका नेपाल प्रहरीका तीन इन्स्पेक्टर भारतमा पुरस्कृत भएका छन् ।

हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीकी निरीक्षक सिमोन धितालले ‘द जयपुर कप फर पीटी फर लेडी प्रोबेसनर्स’ उपाधि जितेकी छन् ।

यस्तै, प्रहरी निरीक्षक अनिल थापाले ‘द बीएसएफ ट्रफी फर प्रोफिसिएन्सी इन आउटडोर सब्जेक्ट्स’ उपाधि प्राप्त गरेका छन् ।

प्रहरी निरीक्षक किरण रावतले ‘द जयपुर कप फर पीटी फर जेन्टलमेन प्रोबेसनर्स’को उपाधि प्राप्त गरेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय