सप्तरी । विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले बिहिबार सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ भन्सार ईलाकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको रुपनी गाउँपालिका ६ बस्ने २६ बर्षिय श्यामकुमार बिक र २४ वर्षिय दिपेश चौधरी छन् ।

स ५ प ६९६० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम ६ एम्पुल, फेनेगन ६ एम्पुल र लीगेसिक ६ एम्पुल फेला पारेको हो । त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय