२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमको संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित बनेका छन् । कर्मचारीले शुक्रबारदेखि लगाएको महाप्रवन्धकको कार्यकक्षको ताला भने प्रहरीले खोलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।

निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने गरि तयारी शुरु भएसँगै कर्मचारी भने संस्थान नै रहनु पर्ने माग सहित विरोधमा उत्रिएका छन् ।

सरकारले आगामी आवको बजेटमा निगमको संस्थापक सुदृढीकरणका लागि रणनीतिक साझेदार ल्याउने नीति लिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय