क्यानडा पठाइदिन्छु’ भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले ठगी गरेको आरोपमा काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई पक्राउ गरेको हो।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो। अधिकारीले सर्लाही लालबन्दी नगरपालिका रानीगञ्ज बस्ने ३० वर्षीया यमुना बस्नेतलाई ठगेका थिए। वर्किङ भिसामा क्यानडा पठाएर राम्रो काममा लगाइदिने आश्वासन दिएर १७ लाख रूपैयाँ लिएका थिए।

तर पछि उनी सम्पर्कविहीन भई फरार भएपछि महाशाखामा गत वैशाख १३ गते जाहेरी परेको थियो।

सोही जाहेरीको आधारमा प्रहरीले बनेपा नगरपालिका वडा नम्बर २ दाहाल गाउँबाट प्रजिन अधिकारीलाई पक्राउ गरेको महाशाखाले जनाएको छ।

अधिकारीले विभिन्न व्यक्तिहरूलाई यसरी नै करिब एक करोड ५० लाखभन्दा बढी रकम ठगेको महाशाखाले बताएको छ।

उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

उनीबाट ठगिएका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय