करिव दुई महिनादेखि रोकिएको लोकप्रिय कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ को प्रसारण आज शुक्रवारदेखि सुचारु हुने भएको छ । शोका निर्देशक विशाल भण्डारीका अनुसार आजदेखि यो कार्यक्रम प्रतयेक शुक्रवार तथा शनिवार राति ९ बजेदेखि कान्तिपुर टेलिभजिनबाट प्रसारण हुनेछ । यसअघि कमेडी च्याम्पियनको प्रसारण सुचारु हुन लागेको जानकारी दिनका लागि एउटा ट्रेलर यूट्युबमा अपलोड गरिएको थियो ।

उक्त ट्रेलरमा आएका प्रतिक्रियाले समेत निर्माण पक्ष दर्शकहरुमा यो कार्यक्रमको व्यक्त प्रतिक्षा भैरहेको छ भन्ने कुराको निष्कर्षमा पुगेको छ । निर्देशक भण्डारी पनि दर्शकबाट पाएको मायाबाट उत्साहित भएको बताउँछन् । कार्यक्रमका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगीहरूको प्रस्तुति छायांकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षको दावी छ ।

उक्त प्रस्तुतिमा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत गरिएको छ । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेका छन् । विशाल भण्डारीको निर्देशनमा तयार पारिएको यो कार्यक्रमलाई केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरेले संयुक्त रुपमा निर्मा गरेका हुन् । यो कार्यक्रमको पहिलो सीजनलाई पनि दर्शकले अत्यन्त रुचाएका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय