आज श्री शाके १९४३ बि.स.२०७८ साल असार १७ गते बिहिबार इश्वी सन २०२१ जुलाई १ तारीख असार कृष्णपक्ष सप्तमी तिथी पुर्वभाद्रपदा नक्षत्र पश्चात उत्तरभाद्रपदा नक्षत्र सौभाग्य योग बालव करण चन्द्रमां मिन राशिमा आनन्दादि योगमा मुद्गर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म अष्टमीव्रत

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍==========================================
यो पनि जुलाईमा ४ ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्दै , कस्तो रहला प्रभाव ?
जुलाई महिना २०२१ मा चार ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्नेछन्। यी चार ग्रहहरुमा बुध, सूर्य, मंगल र शुक्र सामेल छन्। यी मध्ये बुध ग्रहले यस महिनामा दुई पटक आफ्नो राशि परिवर्तन गर्नेछ। महिनाको सुरूमा पहिला बुध आफ्नो स्वराशि मिथुनमा प्रवेश गर्नेछ। त्यसपछि यस महिनाको अन्तमा बुध चन्द्रमाको राशि कर्कमा जानेछ। यी चारै ग्रहहरूको राशि परिवर्तनले सबै राशिमा शुभ र अशुभ प्रभाव पर्न सक्छ। सूर्य भगवान यस महिना कर्क राशिमा जानेछन् भने शुक्र र मंगल ग्रह सिंह राशिमा प्रवेश गर्नेछन। सूर्य देवको राशि परिवर्तनलाई संक्रान्ति भनेर चिनिन्छ । मतलब जुलाई महिनामा कर्क संक्रान्ति १६ तारिखमा मनाईनेछ। ज्योतिषका अनुसार ग्रहहरूको चालको असर व्यक्तिको जीवनमा पर्छ। थाहा पाउनुहोस् जुलाई २०२१ को महिनामा ग्रहहरूको परिवर्तन र त्यसको प्रभाव बारे:-

बुधको मिथुन राशिमा गोचर
मिथुन राशिमा बुधको गोचर जुलाई महिनाको पहिलो ग्रह परिवर्तन हुनेछ। नवग्रहको युवराज बुध देव ७ जुलाई २०२१ बुधबार वृष राशिबाट आफ्नो स्वराशि मिथुनमा प्रवेश गर्नेछ। यस राशिमा बुधदेव २५ जुलाई आईतबारसम्म रहनेछ । कुनै पनि ग्रह आफ्नो स्वराशिमा बलियो स्थितिमा हुन्छ। बुध मिथुन राशिमा गोचर हुँदा सबै राशिमा यसको अशुभ-शुभ प्रभाव पर्छ। बुध देव मिथुन र कन्या राशिको स्वामी हो। बुध ग्रह कन्या राशिमा राम्रो मानिन्छ भने मीन राशिमा दुर्बल मानिन्छ ।

शुक्रको सिंह राशिमा गोचर
शुक्र भगवान १७ जुलाईमा कर्क राशिबाट सुर्य भगवानको राशी सिंहमा प्रवेश गर्नेछ। यस राशिमा शुक्र ११ अगस्ट ,२०२१ सम्म रहनेछ। त्यसपछि यो कन्या राशिमा प्रवेश गर्नेछ। शुक्र ग्रह सिंह राशिमा रहँदा राम्रो परिणाम मिल्दैन किनकी सूर्य देव र ग्रह शुक्रबीच शत्रुताको भाव हुन्छ। शुक्र भगवानलाई संसारको भौतिक सुखको कारक मानिन्छ। यो वृष र तुला राशिको स्वामी हो। शुक्र देवलाई कन्या राशिमा दुर्बल मानिन्छ भने मीन राशिमा राम्रो मानिन्छ।

मंगलको सिंह राशिमा गोचर
मंगल ग्रह २० जुलाई २०२१ मा सिंह राशिमा परिवर्तन हुनेछ। यस राशिमा मंगल ग्रह ६ सेप्टेम्बर २०२१ सम्म रहन्छ। ज्योतिषशास्त्र अनुसार सबै नौ ग्रहको आफ्नो स्वभाव र फरक-फरक कारक तत्व हुन्छ। वैदिक ज्योतिषमा मंगल ग्रहलाई सबै ग्रहको सेनापतिको दर्जा मिलेको छ। यसबाहेक मंगल ग्रहलाई पृथ्वीको छोरा पनि भनिन्छ। जुन व्यक्तिको कुण्डलीमा मंगल ग्रह शुभ भावमा हुन्छ , त्यस्तो मान्छे बुद्धिमान र ऊर्जावान हुन्छ। साथै मंगल ग्रहलाई मेष र वृश्चिक राशिको स्वामी मानिन्छ । मंगल ग्रहलाई कर्क राशिमा दुर्बल मानिन्छ भने मकर राशिमा राम्रो मानिन्छ।

बुधको कर्क राशिमा गोचर
सञ्चार र बोलीको कारक बुध भगवान २५ जुलाई आईतबार आफ्नो स्वराशि मिथुनको यात्राको अन्त्य गरेर चन्द्रमाको राशि कर्कमा प्रवेश गर्नेछ। त्यसपछि ९ अगस्टमा सिंह राशिमा प्रवेश गर्नेछ। बुधको राशि परिवर्तनको प्रभाव युवा, शिक्षा र व्यापारको क्षेत्रमा सर्वाधिक पर्छ । बुध चन्द्रमालाई आफ्नो शत्रु मान्छन् भने चन्द्रमा बुधलाई आफ्नो मित्र मान्छन्। तब यी दुईको विरोधाभासी प्रभावहरू देखिरहन्छौ। बुध मिथुन र कन्या राशिको स्वामी हो। मीनमा यसलाई कम राशिगत र कन्या राशिमा उच्च राशिगत भनिन्छ।

सूर्यको कर्क राशिमा गोचर
सूर्य भगवान १६ जुलाई २०२१ मा मिथुन राशिबाट कर्क राशिम प्रवेश गर्नेछ। यस राशिमा सूर्य देव ११७ अगस्ट २०२१ सम्म रहनेछ। त्यसपछि यो आफ्नो राशि सिंह राशिमा प्रवेश गर्नेछ। ज्योतिष विज्ञान अनुसार, सूर्य भगवान संसारको प्राण हुन्। यो सबै ग्रहको राजा हो। यसलाई सिंह राशि स्वामी मान्छन्। मेष राशिमा यो उच्च भावमा हुन्छ भने तुला राशिमा कम भावमा हुन्छ। उच्च भावमा ग्रह अधिक बलियो हुन्छ भने कम भावको राशिमा यो कमजोर हुन्छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय