काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टीको आन्तरिक कलहलाई समाधान बैठको मुख्य उदेश्य रहेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आफू पक्षका स्थायी कमिटी सदस्यहरको बैठक बोलाएर पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने निर्णय गर्नुभएको थियो ।

आजको बस्ने दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको सन्दर्भमा पार्टीको आगामी कदमबारे टुंगो लगाउन प्रयास गरिने नेताहरुको भनाइ छ । त्यस्तैगरी माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने बिहीबार बस्ने मंगलबार नै निर्णय भएअनुसार त्यसको लागि पूर्वछलफल पनि गर्ने तयारी भइरहेको छ । तर आफूहरुले भने अनुसारको माग सम्बोधन गर्ने भनेर अधिवेशन बोलाइएकामा माधव नेपाल समूह भने सहभागी नहुने बताइएको छ । आजको अधिवेशनमा पार्टीको कारबाहीमा परेका ११ नेताहरु बाहेक २ सय ५६ जना लाई बोलाइएको छ ।

माधव नेपाल समूहले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने सोही अनुसार केन्द्रीय कमिटीको निर्णयमा भएका जिम्मेवारी कायम गर्नु पर्ने माग गर्दै आएका थिए ।

तर गत फागुन २३ गते अध्यक्ष ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गर्नु भएको थियो । त्यसयता नेपाल समूहले असहमति जनाउदै समानान्तर कमिटी बनाउदै आएको थियो ।

त्यसयता पनि पार्टीलाई एक ढिक्का बनाउने प्रयास हुँदा हुँदै पनि अध्यक्ष ओलीले दोस्रो पटक संसद भंग गर्ने लागेपछि नेपाल समूहका सांसदहरुले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय