काठमाडौं- नायब महान्यायाधिवक्ता विश्वराज काेइरालाले अदालतले कसैलाई प्रधानमन्त्री बनाऊ भन्न नसक्ने तर्क गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले प्रधानमन्त्री को बन्ने भन्ने राजनीतिक प्रश्न भएकाले अदालत प्रवेश गर्न नमिल्ने तर्क राखे।

प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (३) को सरकार छाेडेँ भनेपछि राजनीतिक कोर्स फरक परेको उनले बताए। र, सोही अनुसार ओलीले धारा ७६ (५) अनुसार दाबी गरेको कोइरालाको भनाइ छ।

ओली र शेरबहादुर देउवा दुवैको दाबीमा आधार नपुगेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेको बताए।

‘कसैलाई प्रधानमन्त्री बनाऊ भनेर अदालतले भन्न सक्दैन। याे राजनीतिक प्रश्न हाे। देउवालाई प्रधानमन्त्री बनाउन आदेश माग भए अनुसार अदालतले आदेश जारी गर्न मिल्दैन’, कोइरालाले भने, ‘याे राजनीतिक दलले बनाउने कुराे हाे। अदालतले भन्ने हाेइन।’

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय