श्रीमद्भगवद्गीता हिन्दूहरूको पवित्रतम ग्रन्थमध्ये एक हो । यसमा जीवनको सार खिचिएको छ । यसको अनुशीलनले जीवन निर्वाहमा महत्त्वपूर्ण योगदान गर्छ । भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशमा जीवनको अर्थ विस्तारपूर्वक बुझाइएको छ ।

ईसापूर्व ३१३७ मा भगवान् श्रीकृष्णले कुरुक्षेत्रको मैदानमा अर्जुनलाई उपदेश दिनुभएको थियो र यसको ३५ वर्षपछि कलियुग शुरु भयो । गीतमा १८ अध्याय छन् । त्यसैपनि १८ अंक महाभारतमा महत्त्वपूर्ण छ ।

अठारको अर्थ बलिदान पनि लाग्छ । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले जीवनकालको अन्त्यतिर गीता अध्ययन गर्न थालेका थिए । यस्तो महान् ग्रन्थ बाल्यकालदेखि नै किन अध्ययन गरिएनछ भनेर आइन्स्टाइनलाई पश्चात्ताप लागिरह्यो ।

अर्जुनले मात्र नभएर सञ्जय, हनुमान् र बर्बरीकले पनि श्रीकृष्णबाट गीता उपदेश सुनेका थिए । संस्कृत भाषामा लेखिएको गीताको अहिलेसम्म १७५ भाषामा अनुवाद भइसकेको छ । यसलाई संसारभरि अत्यधिक रुचिका साथ अध्ययन गरिन्छ ।

हिन्दी फिल्महरूमा अदालतमा गीताको कसम खुवाएको देखाइन्छ तर वास्तवमा यस्तो हुँदैन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय