काठमाडौं । कोरोना संक्रमण पछि भारतमा खतरनाक तरिकाले फैलिएको ढुँसी नेपालमा पनि देखिएको छ । काठमाडौ स्थित त्रिवि शिक्षण अस्पतालमा यस्तै समस्या भएका दुई जनाको आँखा निकालिएको छ ।

अस्पतालले म्युकरमाइकोसिसका दुई संक्रमितको शल्यक्रिया गरेर आँखा निकालिएको जनाएको छ । कोभिड संक्रमणपछि म्युकरमाइकोसिस संक्रमित भएका उनीहरूको आँखा निकालेर कृतिम आँखा राखिएको छ ।

नेपालगञ्ज घर भएका ५८ वर्षीय पुरुष र जनकपुरका ५० वर्षीय महिलालाई यस्तो समस्या भएको हो । उनीहरुको एक(एकवटा आँखा निकाली कृत्रिम आँखा राखिएको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमणपछि म्युकरमाइकोसिसको समस्या लिएर आएका ११ मध्ये ती दुई जनामा यस्तो समस्या देखिएको थियो । संक्रमण तेस्रो चरणमा पुगेको र अस्पताल भर्ना गर्दा ज्योति गुम्ने अवस्था भइसकेकाले आँखा निकाल्नुपरेको अस्पतालका म्युकर म्यानेज्मेन्ट कमिटी सदस्य डा। रविन्द्रभक्त प्रधानांगले बताए ।

त्रिवि शिक्षण अस्पतालमा हालसम्म १२ जना म्युकरमाइकोसिस संक्रमितको उपचार भइसकेको छ भने पछिल्लो समय भर्ना भएका २ जनामा संक्रमणबारे अनुसन्धान भइरहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय