असार १० गते राति १:४२ बजे बिद्यालय भित्र प्रवेश गरि आठवटा ताल्चा फाेडि भएको ताेडफाेडमा संलग्न व्यक्तिकाे पहिचान हुन नसकेको भन्दै असार १४ गते वसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ताेडफाेडमा संलग्न व्यक्तिकाे सिसी क्यामरामा कैद फुटेज तथा फोटो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण मिश्रले जानकारी गराउनुभयो ।

सिसी क्यामरामा कैद भएको फाेटाे र भिडियाे ११ गते नै प्रहरीलाई दिएपनि आजसम्म उक्त ताेडफाेडमा संलग्न व्यक्तिकाे पहिचान गर्न नसकेकाे भन्दै घट्नामा संलग्न व्यक्तिकाे पहिचान गर्न सहज हाेस भनेर घट्नामा संलग्न ब्यक्तिको फोटो तथा भिडियो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

कसैले फोटो, भिडियोमा देखिएको मान्छे चिनेमा विद्यालय व्यवस्थापन समिति या नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिनका लागि नव संजीवनी माबी विद्यालय व्यवस्थापन समितिले अनुराेध गरेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय