१) लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? २) शक्ति जीवन हो, निर्बलता मृत्यु हो । विस्तार जीवन हो, संकुचन मृत्यु हो । प्रेम जीवन हो, द्वेष मृत्यु हो ।

३) आफ्ना आँखाहरुले ताराहरुलाई हेर र आफ्ना पैतालाले जमिनमा टेक । ४) लक्ष्य बिनाको मानिस हराउँछ र उत्साह बिनाको मानिस मर्छ ।

५) जब जब डर आफ्नो नजिक आइरहेको महसुस गर्छौ, तब आत्मविश्वास र कामको हतियारले त्यसलाई आक्रमण गरेर विजय हासिल गर ।

६) जसले मलाई सहयोग गरेनन्, म उनीहरुप्रति कृतज्ञ छु, उनीहरुको कारणले नै मैले आफैले काम गर्न जानें ।

७) आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ ।

८) यहाँ धेरै मानिस असफल भएका छन् , किनभने, हार मानेर आफ्ना पाइला रोक्नु अगाडी , आफू सफलता नजिक पुगिसकेको कुरा उनीहरुले चाल पाएनन्।

९) सबै मानिसको लागि आलोचक र सल्लाहकारको आवश्यकता हुन्छ । त्यसले सफलताको बाटोमा हिंड्न मद्दत गर्छ ।

१०) दुस्मन र मित्रलाई कहिल्यै पनि बिश्वास दिलाउनु पर्दैन किनकि दुस्मनले कहिल्यै बिश्वास गर्दैन र मित्रले कहिल्यै शंका गर्दैन ।

११) मैनबत्ती बिना आगो जल्दैन, त्यस्तै मनुष्य पनि आध्यात्मिक जीवन बिना बाच्न सक्दैन ।

१२) जसरि रातले चन्द्रमालाई चम्किन सिकाउछ त्यसैगरी दुख र संघर्षले मान्छेलाई बुझ्न सिकाउछ ।

लगनशीलता केलाई भनिन्छ ?
लक्ष्य प्राप्तिको लागी योजनाहरु मात्र बनाएर पुग्दैन । त्यसको लागी योजनालाई काममा परिणत गर्नुपर्छ र त्यो काममा लगनशील बन्नुपर्छ । लगनशीलतामा यी कुरा समेटिएका हुन्छन् :

– आफ़्नॊ लक्ष्यप्रति माया र लक्ष्य प्राप्त गरिछाड्ने अठोट हुन्छ । – समयको महत्वलाई बुझेको हुन्छ ।

– कामलाई तुरुन्त गरिहाल्ने बानीको विकास गरिएको हुन्छ । – काम सक्ने भन्दा हतार नभई कामको गुणात्मक परिणामलाई ध्यान दिईन्छ ।

– आफ्नो कामलाई सधै प्राथमिकतामा राखिन्छ । – अरुको नक्कल गर्ने नभई काममा आफ्नो सिर्जनात्मकता दिन प्रयास गरिन्छ ।

– काम राम्रो तरिकाले सम्पन्न गर्न अरु कुनै व्यक्तिले कडाइ गर्नु आवश्यक हुँदैन । – सधै शिष्ट र नम्रता पूर्वक प्रस्तुत हुने बानी हुन्छ ।

– सकारात्मक सोंच राख्ने र हँसमुख स्वभाव हुन्छ । – सुझाव र आलोचनालाई केलाएर सोही अनुसार आफ्नो काम गर्ने बानी हुन्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय