सर्वोच्च अदालतले संसद पुन:स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिदै

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित परमादेश जारी हुने बताएका छन् ।

संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीको घोषणासहित परमादेश जारी हुन्छ,’ सप्तरीको राजविराजमा शनिबार पत्रकारहरुसित यादवले भने,‘यो ०१७ साल होइन यो ०७८ साल हो ।’

उनले राजा त्रिभुवनले संसद् बन्नै नदिने, ०१७ सालमा राजा महेन्द्रले संसद् भंग गर्ने, ज्ञानेन्द्रले पनि संसद्मा‌थि नै प्रहार गर्दै निरकुंश बनेजस्तै त्यसको पछिल्लो संस्करणको रुपमा अहिले प्रधानमन्त्री ओली संसद्मा‌थि प्रहार गर्दे स्वेच्छाचारी र निरकुंश बनिरहेको आरोप लगाए ।

एकैजना प्रधानमन्त्रीले एउटै संसद्‌लाई दुईपटक भंग गरेको उदाहरण संसारमै नरहेको बताउँदै यादवले सार्वभौम संसद्लाई समाप्त गरी ओली निरकुंश बन्न खोजेको आरोप लगाए ।

संसद् भंग गरी प्रदेशसमेत भंग गर्दै अध्यादेशमार्फत निरकुंश शैलीमा देश चलाउने ओलीको मनसाय रहेको यादवको आरोप छ । उनले लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारी ओलीले ०४७ साल ल्याउन खोजिएको पनि आरोप लगाए ।

यसैबीच, अध्यक्ष यादवले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई शनिबार नै विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय