१) जब प्रेम मान्छेको तागत बन्छ तब त्यो पुरै दुनियाँ संग लडन तयार हुन्छ तर जब तेही प्रेम मान्छेको कम्जोरी बन्छ, तब मान्छे यती कम्जोर बन्छ कि एउटा मान्छेको अभावमा जिउन पनि सक्दैन ।

२) आफ्नो अतीतलाई कहिलै याद नगर्नु तर त्यो अतितले तपाईलाई के सिकायेको थियो त्यो भने कहिल्यै नभुल्नु, किनकी यसैले तपाईलाई जिन्दगीमा अगि बढ्न सिकाउने छ ।

३) जब तपाईलाई कसैले बेजत गर्छ भने तेस्को जवाफ यती इज्जत संग दिनुकी, जस्ले बेजत गरेको छ उसैलाई सर्म महसुस होस ।

४) सफल्ता र आलोचना एक अर्काको परिपुरक हुन्, तेसैले जब जब मान्छे सफल हुन्छ तब सफल्ता सँगै आलोचना पनि जोडिएर आउछ ।

५) जब एउटा मान्छेले गल्ती गर्छ तब उस्ले दायाँ बायाँ अगाडी पछाडी सबै तिर हेर्छन तर माथि हेर्न बिर्सिन्छन, तर उस्लाई यो खयाल पनि हुदैन कि मान्छेले आफ्नो कर्मको फल माथी बाट नै मिल्ने गर्छ ।

६) जब जब तपाई संग पैसा हुन्छ तब दुनियाँले तपाईको औकात हेर्ने गर्छ, तर जब तपाईसंग पैसा हुदैन त दुनियाँले तपाईलाई आफ्नो औकात देखाई दिन्छ ।

७) समबन्धलाई सधै पैसाले तौलने नगर्नुस, किनकी अक्सर साथ निभाउने मान्छेहरु गरीबनै हुने गर्छन ।

८) रिसलाई अहंकार उत्पन्न गर्छ अहंकारले बुद्धि भ्रष्ट हुन्छ र जब बुद्धि भ्रष्ट हुन्छ, तब तर्क नष्ट हुन्छ र तर्क नष्ट भएपछि मान्छेको पतन हुने गर्छ ।

९) कहिले पनि कठिन प्रस्तिथिको अगाडी आफ्नो घुडा नेटक्नुस, किनकी तपाई संग त्यो परिस्तिथि लाई बदल्न सक्ने सामर्थ छ ।

१०) ताकतवर त्यो होइन जस्ले आफ्नो दुश्मनमाथि नियन्त्रण पाउन सक्छ ताकतवर त्यो हो जस्ले स्वयंमलाइ बुझ्नु हुन्छ ।

११) जीवनलाई बुझ्नु छ भने पछाडी फर्केर हेर्नु र जीवलाई जिउनु छ भने अगाडी पाईला चाल्ने गर्नु, तब अवस्य जीवनलाई बुझ्न र अगाडी बढ्न सक्नु हुन्छ ।

१२) अरुले कुरा काटयो भन्दैमा आफ्नो लक्ष्यलाई नछोड्नुस किनकी जब तपाईले आफ्नो लक्ष्य लाई पाउनु हुन्छ, तब कुरा काटनेहरुको कुरानै फेरिने छ ।

१३) राम्रो किताब र राम्रो मान्छेलाई सजिलै बुझ्न सकिदैन र यदि बुझ्नु छ भने त्यसलाई पढ्नु ।

१४) सफल्ता कहिले पनि एकैचोटी आउने समुन्द्रको छाल जसरि आउदैन सफल्ता त एक एक थोपा पनि जसरि आउने गर्छ, जस्लाई निरन्तर र अथक प्रयासले आउने गर्छ जसलाई निरन्तर र अथक प्रयासले जोडनु पर्छ ।

१५) दुश्मन बनाउनको लागि जरुरि छैनकी लड्ने पर्छ, बस तिमी अलीकती सफल भएर हेर दुश्मन आफै बन्न थाल्ने छ, तिम्रो सफल्ता देखेर ।

तनाव व्यवस्थापन दैनिक जीवनमा हुने कामको व्यस्तता, वरिपरिको वातावारण, काममा आउने वाधाहरु, समाजमा घट्ने घटनाहरु आदिले गर्दा हामीमा तनाव सिर्जना गरिरहेको हुन्छ । त्यो तनावले हाम्रो दैनिक जीवनलाई अस्तव्यस्त मात्र पार्ने नभई स्वास्थ्यमा समेत असर परिरहेको हुन्छ र यस्तो असर दिर्घकालिन हुन सक्छ । त्यसैले यस्तो तनावलाई हामीले केही सावधानी अपनाएर कम गर्नु जरुरि छ । जसमध्ये केही यहाँ उल्लेख गरिएको छ :

– बिहानमा केही छिन आँखा बन्द गरेर , शरीर सिधा पारेर बस्नुहोस् र गहिरो सास लिनुहोस् । यसो गर्दा आफ्नो ध्यान सास फ़ेराइमा मात्र केन्द्रित गर्नुहोस् । यो संगै विभिन्न योगासान तथा शारीरिक अभ्यासहरु पनि गर्नु राम्रो हुन्छ । यसलाई आफ्नो दैनिकीको रुपमा लिनुहोस्।

– सकारात्मक सोंच राख्नुहोस् । आफैसंग, म बिरामी भएँ भने ? म समयमा अफिस पुगिन भने ? भन्ने जस्ता नकारात्मक प्रश्नहरु गर्ने नगर्नुहोस् ।

– आफ्नोलागि समय छुट्टाउनुहोस् । आफ्नो शरीर, स्वास्थ्य तथा लवाई खवाईमा ध्यान पुर्याउनुहोस् ।

– सामाजिक कार्यक्रमहरुमा सामेल हुने र मानिसहरुसंग घुलमिल हुने बानीको विकास गर्नुहोस् ।

– एकोहोरो कामले तपाईंमा तनाव सिर्जना गर्छ । त्यसैले संगीत सुन्ने, आफूलाई मनपर्ने चलचित्र हेर्ने, किताब पढ्ने गनुहोस् ।

– समय-समयमा साथीहरुसंग भेटघाट गर्ने, घुम्न जाने गर्नुहोस् । यसले तपाईंको समय बर्वाद गर्ने नभई मुड फ्रेस बनाएर सिर्जनात्मक क्षमता ल्याउँछ ।

– आफ्नो परिवारका सदस्यहरुसंग समय बिताउनुहोस् । आफूलाई परिरहेको समस्याबारे उनीहरुसंग छलफल गर्नुहोस् ।

– कामबाट बिदाको दिन वा फुर्सदको दिनमा आफूलाई रुचि लाग्ने कार्यहरु जस्तै नाच्ने, गाउने, चित्र बनाउने, खाना बनाउने आदि गर्नुहोस् ।

– समस्यालाई सोंचेर बस्नुभन्दा त्यसको समाधानको उपाय अपनाउनतिर लाग्नुहोस् र यदि समस्या त्यो समयमा समाधान नहुने खालको हो भने त्यसलाई त्यहीं बिट मारेर अगाडी बढ्नुहोस् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय