अभिनेत्री तथा मोडल अनु शाह र अभिनेता सविन श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा छन् । ‘लक्ष्य र आधी बाटो’ चलचित्रमा एकसाथ काम गरेका उनीहरुले तीन वर्ष अगाडि ‘कोर्ट म्यारिज’ गरेको चर्चा पनि चलेको थियो । तर, दुवैले यसलाई अफवाह भनेका थिए । दर्शकहरुले यो जोडीलाई निकै रुचाउने गरेका छन् । उनीहरुलाई फेरि एकसाथ चलचित्रमा हेर्ने दर्शकको ठूलो इच्छा छ ।

निषेधाज्ञाको समयमा सविनले अनुको घरमै गएर आधा दर्जन बढी भ्लग बनाए । अनुका लागि मःम किनेर लगेकोदेखि उनलाई गाडी सिकाएको भिडियोसम्म सविनले आफ्नो यूट्युब च्यानलमा राखेका छन् । भिडियोमा देखिएको उनीहरुको एक-अर्काप्रतिको प्रेम र नोकझोकलाई दर्शकले निकै मन पराएका छन् । कतिपयले त उनीहरु प्रेम सम्बन्धमा रहेको कुरा बल्ल थाहा पाएका छन् ।

दर्शकहरुले सविन र अनुलाई विवाहका लागि आग्रह गरिरहँदा अनुले आइतवार सेतो रंगको कुर्थामा ‘को होला त्यो ?’ बोलको फिमेल भर्सनको गीतमा बनाएको टिकटक सार्वजनिक गरेकी छन्, जसमा उनको सिउँदोमा सिन्दूर देख्न सकिन्छ । सिउँदोमा सिन्दूर लगाउनु महिलाको विवाह भएको प्रमाण मानिने भएकाले उनको सविनसँग गुपचुप रुपमा विवाह भएको हुनसक्ने धेरैको अनुमान छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय