फलफुलको सेवन स्वास्थ्यका लागि उत्तम मानिन्छ । फलफुलको प्रयोग स्वास्थ्यको लागि फाइदाजनक पनि हुन्छ ।

तर केहि फलफुल यस्ता हुन्छन्, जुन यी रोगीहरुले नखाएकै राम्रो मानिन्छ । यदि तपाईको प्रेसर लो छ भने तपाईले अनार नखाँदा नै राम्रो हुन्छ।

अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । तर यसले स्वास्थ्यमा सुधार आउनुको साटो उल्टो बिग्रिन सक्छ । अनारमा एंटीआक्सीडेंट्स पाइन्छ, जसले मानिसको प्रेसरलाई घटाउने काम गर्छ।

त्यसैले प्रेसर लो हुने व्यक्तिले अनार खानु हुँदैन । त्यस्तै शरीरको तौल घटाउन चाहने मानिसले पनि अनार नखाएकै बेस हुन्छ। अनारको सेवनले मानिसको शरीरको तौल बढ्ने गर्छ।

मधुमेह तथा दम रोगीका रोगीहरुले पनि अनार खानु हुँदैन । अनारले शरीरको सुगरको मात्रा बढाउने तथा दमका रोगीलाई झन् दम बढ्ने समस्या हुन्छ ।

त्यस्तै कब्जियत र कलेजोमा समस्या भएका व्यक्तिहरुले पनि अनार खानु हुँदैन । अनारमा फाईबर्सको मात्रा अधिक हुने हुँदा कब्जियत र पेटमा ग्यास बढाउँने काम गर्छ । अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउँछ ।

यो सँगै यदि तपाईले बिपी वा कोलेस्ट्रोल कम गर्नका लागि औषधी सेवन गरिरहनु भएको छ भने पनि अनार नखानुहोस्। अनार खाएको बेला तपाईको औषधीले काम नगर्न सक्छ।

Post Views: 62

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय