हिजोआज कोलेस्ट्रोलको जोखिम यस्तो समस्या भएको छ कि युवा व्यक्तिहरू, मध्यम आयु वर्गका व्यक्ति र बुढाबुढीहरू समेत यसबाट सचेत हुनु पर्ने आवश्यकता छ। यो यस्तो खतरनाक रोग हो जसको पूर्व संकेत पनि केही मिल्दैन र अचानक ठूलै समस्या पनि निम्त्याइदिन सक्छ।

जब समस्या यति ठूलो बन्छ त्यसपछि त्यसलाई सम्हाल्न गाह्रो हुन सक्छ। त्यसैले यस्तो समस्या निम्तिनुभन्दा पहिले नै यसको रोकथामको उपाय खोज्न सकिन्छ।

कोलेस्ट्रोलबाट बच्न, तपाईंले चरणबद्ध रूपमा योजना बनाउन सक्नुहुन्छ। केही सानातिना प्रयासमा जुट्नुभयो भने तपाईंले यो खतरनाक समस्याबाट समाधान भेट्न सक्नुहुन्छ।

शरीरको लागि आवश्यक छ कोलेस्ट्रोल : महत्वपूर्ण कुरा त के छ भने कोलेस्ट्रोल शरीरको लागि आवश्यक कुरा हो। कोलेस्ट्रोल एक रासायनिक यौगिक हो जुन सेल गठन र हर्मोनहरूको लागि आवश्यक हुन्छ।

जब यो कोलेस्ट्रोल बढ्न जाँछ त्यसपछि शरीरमा पीडा सुरु हुन्छ। जसले हृदय रोग, हृदयघात र विभिन्न धमनीमा देखिने रोगको जोखिम बढ्न जान्छ।

कति कोलेस्ट्रोल आवश्यक छ शरीरलाई ?

कोलेस्ट्रोल दुई प्रकारको हुन्छ । कम घनत्व भएको लाइपोप्रोटिन वा खराब कोलेस्ट्रोल (हानिकारक कोलेस्ट्रोल) धमनी (रक्त वाहिका) मा जम्मा भएर खतरनाक रोगहरू निम्त्याउने कोलिस्ट्रोल।

हाइ डेन्सिटी लाइपोप्रोटिन (एचडीएल)लाई राम्रो कोलेस्ट्रोल पनि भनेर चिनिन्छ। यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कलेजोसम्म लैजाने काम गर्छ। ताकि यस्तो कोलेस्ट्रोल शरीरबाट बाहिर जाओस्।

कलेजोले बनाउँछ कोलेस्ट्रोल

हाम्रो कलेजोले शरीरलाई चाहिने कोलेस्ट्रोलको ८० प्रतिशत हिस्सा उत्पादन गर्छ। बाँकी २० प्रतिशतका लागि हामीले दैनिक खाने आहारमा भर पर्छ।

मासु, अण्डा, माछा, कुखुरा र दुग्ध पदार्थ (दूध, दही, घिउ) कोलेस्ट्रोल प्राप्त हुने स्रोतहरू हुन्। रूखको बोटहरूबाट लिइएको खानामा कुनै प्रकारको कोलेस्ट्रोल हुँदैन।

कलेजोले रगतमा रहेको कोलेस्ट्रोललाई नियन्त्रण गर्ने काम गर्छ। प्रत्येक पटक खाना खाएपछि कोलेस्ट्रोललाई सानो आँतले ग्रहण गर्ने गर्छ। जसलाई कलेजोले भण्डार गरेर राख्छ।

जब शरीरलाई कोलेस्ट्रोल चाहिन्छ त्यो कलेजोले नै पठाउँछ र नचाहिने कोलेस्टेललाई शरीरबाट हटाउँछ। जब शरीरमा अत्यधिक कोलेस्ट्रोल भण्डार हुन्छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय