काठमाण्डाै – उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ता र आमुन्नेसामुन्ने दुवैका लागि तयार रहन आवश्यक रहेको बताउनुभएको छ । किम जोङले अमेरिकासँग आमुन्नेसामुन्ने हुनका लागि तयार रहन विशेष जोड दिनुभएकाे छ ।

किम जोङ उनले अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी गर्नुभएको यो पहिलो पटक हो । बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाली खारेज गरिदिएको थियो । किम जोङ उनले प्योंगयांगमा पार्टीका वरिष्ठ नेताहरुसँग भएको बैठकमा यस्तो बताउनुभएको हो ।

स’त्ताधारी वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठक यही हप्ता राजधानी प्योंगयांगमा सुरु भएको थियो । उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनएका अनुसार किम जोङ उनले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकाको सामना गर्नका लागि विशेष रुपमा तयार रहनुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।

कोरियाली प्रायद्वीपमा कुनै किसिमको नियन्त्रण गर्ने कोसिस गरिए उत्तर कोरियाली कडा जवाफ दिने पनि उहाँले बताउनुभयो । केही दिन अघिमात्रै किम जोङ उनले देश खाद्यान्न स’ङ्कटको सामना गरिरहेको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग किम जोङ उनको सम्बन्ध सुरुवातदेखि नै राम्रो रहेको छैन ।

अमेरिकी चुनावअघि बाइडेनले किम जोङलाई ‘थ’ग’ (ब’दमा’स) भनेर सम्बोधन गर्नुभएको थियो । र बाइडेनको श’पथ ग्रहण समारोहको एक दिनअघि उत्तर कोरियाले श’क्ति प्र’दर्शनका लागि नयाँ मि’साइलसँगै सै’न्य प’रेड नि’कालेको थियो ।

अप्रिल महिनामा बाइडेनले उत्तर कोरियालाई विश्वको सु’रक्षाका लागि ग’म्भीर ख’तरा भएको संज्ञा दिनुभएको थियो । उत्तर कोरियाले यस विषयमा क’डा आपत्ति जनाएको थियो र बाइडेन आफूप्रति श’त्रुताको नीति अपनाइ राख्न चाहन्छन् भनेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय