लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ। ब’हाव बढेकाले नदी आसपासका बस्तीमा खतराको सम्भावना बढेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले सबै नागरिकलाई आग्रह गरेको छ।

डोटीको गोपघा’ट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह अधिक ब’ढेको छ । सेती नदीमा अहिले पानीको बहाव ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो। केन्द्रका अनुसार सेतीमा ३.५ क्युसेक ब’हाव हुँदा नै खतरा हुने गर्दछ।

बाढीले स्थानीय किसानका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्ती बानीडु’ग्रीसैन, गोपघा’ट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रहरी प्रशासनले आग्रह गरेको छ।

त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौ’की तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ। सेतीमा पानीको ब’हाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मा’र्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।

लगातारको वर्षाका कारण बाढीप’हिरो आउने ख’तरा बढेकाले विपद् व्यवस्थापनमा जु’ट्नका लागि जिल्लाका तीनवटै सु’रक्षा निकायलाई ‘हाइअ’लर्ट’ मा बस्न निर्देशन दिइएको खनालले बताए। विपद् तथा नदीबाट हुने ख’तराबाट जोगिन प्रशासनले चौबीसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको छ।

डोटीमा केही दिनदेखि लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको ब’हाव समान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए। वर्षाकै कारण डोटीका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अ’वरुद्ध भएका छन् ।

वर्षा शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गु’ड्न नसक्ने अवस्थामा पुगेका छन्। बाटो बिग्रेकाले सदरमुकामका अस्पतालसम्म बि’रामी लैजानसमेत नसक्ने अवस्था सिर्जना भएको जोरायल गाउँपालिका–५ का पूर्णबहादुर विष्टले बताए।

जोरायल तथा बिपीनगरमा रहेको ठू’लीगाडमा समेत पानीको सतह निकै बढेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समिति डोटीका अनुसार हालसम्म प’हिराका कारण जिल्लामा एक जनाको ज्यान गइसकेको छ भने दुई बालिका घा’इते भएका छन्।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय