मन छुने भनाईहरु भन्ने बित्तिकै, “कसैको मनमा उठेको भावना र मनमा आएको कुरा भनाई वा वचनको माध्यमबाट, त्यी मनका कुराहरु शब्द बनेर बाहिरिन्छन । अनि सुन्दा हाम्रो मन हर्षित हुन्छ र स्वयंम आफ्नो मनको भावनालाई बुझेको झैँ लाग्छ भने” त्यस्ता भनाईहरुलाई हामी मनछुने भनाईहरु भन्ने गर्छौ ।

संसारमा यस्ता अनगिन्ति भनाईहरु भनिएका छन, जुन हामीले बिभिन्न माध्यमबाट पढ्न र सुन्न सक्छौ । यदि हामीले, त्यस भनाईको अर्थ बुझ्न सक्यौ भने त्यी भनाईहरुले हाम्रो मनको भावनालाई त बुझ्छन्नै, साथै ज्ञान पनि दिने गर्छन । यहाँ हामीले पनि हाम्रो भावनालाई बुझ्ने र ज्ञान दिने १५ मनछुने भनाईहरु प्रस्तुत गरेका छौ ।

१) यो दुनिया पनि कति स्वार्थि, मरेपछि जसले जलाउछ, उसैलाई आफ्नो भन्न बाध्य पारिदिन्छ । २) शहरमा जन्मिएर रहरमा हुर्किएकालाई होइन, गाउँको झुपडीको आँगनमा जन्मिएर थाङनामा हुर्किएकालाई सोध्नु, जिन्दगीको अर्थ के हो भनेर । ३) जीवनको एक क्षण करोडौ स्वर्ण मुद्रा दिएर पनि पाउन सकिदैन ।

४) बिस्वास पनि इरेजर जस्तै रहेछ, हरेक गल्ति सगै सानो हुदै जाने । ५) जब तलाउमा पानी भरिन्छ तब माछाले कीरालाई खाने गर्छ तर जब तलाउमा पानी सुकेर जान्छ तब त्यहि माछालाई किराले खाने गर्छ, त्यसैले कहिले पनि जीवनमा निराश नहुनु किनकि पालो सबैको आउछ, बस अलिकति ढिलो चांढोको कुरा मात्र हो ।

६) माथी उड्नको लागि पखेटाको आवश्यकता चरालाई मात्र हुन्छ, मान्छे त जति तल झुक्छ त्यति नै माथी उठ्ने गर्छ । ७) यदि लक्ष्यमा पुग्नु छ भने आफ्नो साथी आफै बन किनकि संगतीले तिमीलाई बहकाउने काम मात्र गर्ने गर्छ । ८) तिमीले दुख दुख दिए पनि जसले तिमी संग अलिकति पनि गुनासो गर्दैन, उसैले तिमीलाई सबैभन्दा बढी माया गरेको हुन्छ ।

९) आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ । १०) यदि तपाई आफ्नो लक्ष्य प्रति पागल हुनुहुन्छ भने बधाई छ किनकि इतिहास पागलहरुले रच्ने गर्छन् र बुद्दिमानाहरुले पढ्ने गर्छन्, त्यसैले इतिहास रट्ने हैन, इतिहास रच्ने कोसिस गर्नुस । ११) केही तारीखहरु बित्दैनन , तमाम बर्षहरु बितिसके पछि पनि ।

१२) चुप नरहनु कहिल्यै अलिकति पनि , कि हरेक कुराको लागि चुप हुने मानिसहरु। १३) साँचो मित्रहरू ती हुन जो मदत गर्नु भन्दा पहिले दुनिया भरका कुराहरु सुनाउछन । १४) जब एक्लै हिड्न लागे तब महसुस गरेकी म पनि कसै भन्दा कम छैन । १५) कति टाढा सम्म पुगि सके म सम्बन्ध निभाउँदा निभाउँदा, मैले आफैँलाई गुमाइ सके आफ्नालाई पाउँदा पाउँदा ।

नोट : तपाईलाई यी मनछुने भनाईहरु कस्तो लाग्यो ? यदि राम्रो लागेको छ र अरुको जीवनमा पनि यी भनाईहरुले सकारात्मक परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् र सबैमा सकारात्मक सोचको विकास गर्न पनि सहयोग मिल्नेछ । अनि के थाहा तपाइको एक सेयरको कारण कसैको जीवन बदलियोस । जीवन बदलियोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय