खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड १० लाख जनसङ्ख्या भएको, फ्रान्स र जर्मनीले घेरिएको पश्चिम युरोपेली राष्ट्र बेल्जियम फिफा वरीयतामा सन् २०१५ मा पहिलो पटक शीर्ष स्थानमा पुगेको थियो । सन् २०१८ देखि निरन्तर शीर्षमै छ ।

विश्व फुटबलमा आफ्नो प्रभुत्वलाई सही ठहर गर्नका लागि आगामी १८ महिनामा एउटा ठूलो उपाधि जित्ने आशा बेल्जियमले राखेको छ । तर यदि युरोपेली च्याम्पियनसीप वा २०२२ को विश्वकप जित्न नसके पनि उसको टिमका अन्तर्राष्ट्रिय सुपरस्टारहरूलाई देखेर सबै ठाउँका फुटबल प्रशासकहरूले ईर्ष्या नै गर्नेछन् ।

निराशाको खाडलमा पुगेपछि बेल्जियमको यो यात्रा सुरु भएको थियो । सन् २००० को युरोपियन च्याम्पियनसिप आयोजना गरेको बेल्जियमको खुसी त्यतिबेला पीडामा परिणत भयो, जब उनीहरू प्रतियोगिताको समूह चरणबाटै बाहिरिए । किङ बाउडोविन रङ्गशालामा प्रतियोगिताको उद्घाटनमा हजारौँ सेतो बेलुन उडाइएको थियो । नौ दिनपछि त्यही रङ्गशालाभित्र पानीका फोकाहरू झरे । ब्रसेल्सका त्यस साँझ हाकन सुकरले दुई गोल गरेपछि टर्कीले बेल्जियमलाई २–० ले हरायो । पहिलो गोल गोलकिपर फिलिप डी वाइल्डीको गल्तीका कारण भएको थियो । यस घटनापछि बेल्जियन फुटबल सङ्घका वरिष्ठ व्यक्तित्वहरू आफ्नो सम्पूर्ण फुटबल रणनीतिको जरा र हाँगाबारे समीक्षा गर्न बाध्य बने ।

यो पनि
रङ्गशालाबाहिर कवाडी उठाउने ती कान्टे, विश्वविजेता यी कान्टे !
के रोनाल्डो युरोकपका सर्वकालिन महान् खेलाडी हुन् ?
यी हिरोहरू जसले मैदानमै ढलेका एरिक्सनको ज्यान बचाए
युरोकप विशेष – विश्वस्तरीय सम्भावना बोकेको नेदरल्यान्डको जोडी
कसरी ‘अभागी’ स्पेन विश्वविजेता बन्यो ?

यो समय मिचेल साब्लोन राष्ट्रिय टोलीका प्राविधिक निर्देशक थिए । उनका अनुसार प्रतियोगिताको आयोजना निकै सफल रह्यो । तर मैदानभित्रको नतिजा ‘खेलाडीका लागि राम्रो थिएन । क्लबका लागि राम्रो थिएन । राष्ट्रिय टिमका लागि राम्रो थिएन,’ उनले भने, ‘यो साँच्चै निरश थियो ।’

युरो २००० दुईवटा टिमका लागि टर्निङ प्वाइन्ट बनेर आएको थियो । जर्मनी पनि समूह चरणबाटै बाहिरिएको थियो । इङ्ल्यान्डसँग पनि पराजित भयो । त्यसपछि उनीहरूले आफ्नो फुटबल दर्शनको समीक्षा गरे । त्यो पुनर्जन्म थियो, जसले १४ वर्षपछि विश्वकप फुटबल ल्याइदियो । बेल्जियम पनि यस्तै परिवर्तनबाट गुज्रँदै थियो ।

साब्लनले आफ्नो देशमा फुटबलका लागि नयाँ भिजन पहिचान गर्न धेरै समय खेर फालेनन् । ‘हामीले शनिबार र आइतबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म यसका लागि गृहकार्य ग¥यौँ । हामीले सेतो कागजको टुक्राबाट यसको थालनी ग¥यौँ र पूरै कुरा शुरुवातबाट विकास ग¥यौँ ।’

सुधारको कुनै मौका बाँकी राखिएन । युवा खेलाडीहरूको अनुसन्धानमा सहयोग गर्न चारवटा विश्वविद्यालयहरूलाई यस परियोजनामा परिचालन गरिएको थियो । उनीहरूले फाइभ ए साइडदेखि एट–ए–साइड गेमबाट पनि युवा खेलाडीहरू खोज्न थाले ।

अनुसन्धान विस्तृत थियो । उदाहरणका लागि खेलाडीले उत्कृष्ट खेल्ने समय हो भन्ने पनि पहिल्यै निर्क्यौल गरिएको हुन्छ, जस्तो बालकहरूका लागि आइतबार बिहान ९ बजे उत्कृष्ट समय हुनसक्छ । यी विश्वविद्यालयहरूले १५ सयवटा युथ गेमको तथ्याङ्कलाई सङ्कलन गरे । त्यसपछि फुटबल खेलका ७० वटा क्लबहरूसँग सहकार्य गरे । अनि क्लबहरूमा झन्डै १ वर्ष लगाएर यी तथ्याङ्कहरूलाई १ सय २० पल्ट प्रस्तुत गरे ।

परम्परागत र कडा रक्षापङ्क्तिसहितको ४–४–२ फर्म्याटको साटो थप लचिलो र आक्रामक ४–३–३ फरम्याट लागू गरियो । यो फर्म्याटले खेलाडीहरूलाई बलप्रति थप जिम्मेवारी हुन बाध्य बनायो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय