काठमाडौं उपत्यकामा फेरि एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञाको अवधि बढाएर ७ असारसम्म पु¥याइएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ । अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनलाई ७ असारसम्मै सञ्चालनमा रोक लगाइएको छ । यद्यपि औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइनेछ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । विकास निर्माणजन्य सामग्रीका पसल छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

यस्तै, अत्यावश्यक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । सवारी साधन मर्मतका लागि वर्कशप बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ । निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने पराजुलीले ब ताय***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय