१) दुःखको एकक्षण पनि युग बराबर हुन्छ।

२) अधिक मेहेनत गर्नु छ, केहि पैसा कमाउनु छ र थोरै भएपनि सुख किनेर आफ्नाहरूलाई खुसी बनाउने ठुलो रहर छ ।

३) तिमी हाँस्दा संसार हाँस्छ तर रुनु एक्लै पर्छ।

४) मेरो मलामी आउनु अनि सहानुभूति देखाउनु पर्दैन, बस मेरो आफन्त हरुलाई पिडा नदिनुहोस् ।

५) आफ्नो सपनासँग जिउने साहस गर्नुहोस्, किनकी तपाई अरुको सपनाको गुलाम भएर बाच्न जन्मनु भएको होइन ।

६) आवश्यकता भन्दा ज्यादा इज्जत र समय दिदा मानिसहरु तिमीलाई तल्लोस्तरको सम्झन थाल्दछन ।

७) माया र मोहमा कहिल्यै नाझुक्कीनुहोला- माया त्यो हो जुन निशर्त हुन्छ अनि मोह त्यो हो जहाँ प्यासको स्वार्थ हुन्छ ।

८) गुनासो यति धेरै छ कि जिन्दगि तिमीसंग अर्को जुनी वस् मलाइ सुन्नको निम्ति मात्र छुट्टयाएर आउनु ।

९) काँचो घर हेरेर कसैसित सम्बन्ध नतोड्नु साथीहरु अनुभव छ मेरो कि माटोको पकड मजबुत हुन्छ सिमेन्ट मा त अक्सर खुट्टा चिप्लिएको देखेको छु ।

१०) मानिसहरुबाट सुनेको थिए कि समय बदलिने गर्दछ तर समयले बतायो कि मानिस पनि बदलिने गर्दछन ।

११) कुरा गर्न मजा त ती मान्छेहरुसित हुन्छ जोसित बोल्नको लागि पहिला केही सोच्नुपर्दैन ।

१२) प्रेम भनेको हृदय देखि हुनुपर्दछ, किस्मत त के थाहा कहिले बदलिन्छ ।

१३) म भने समयलाई कुरिरहेको थिए तर समय ले अर्कै बाटो बनाएर म भन्दा धेरै टाढा पुगि सकेको रहेछ।

१४) राम्रो सोच ले मान्छेलाई हमेशा राम्रोबाटो देखाउछ ।

१५) कसैसँग जबर्जस्ति बोल्न खोज्नु भनेको आफ्नो कमजोरि देखाउनु हो एकोहोरो त आफ्नो सास पनि चल्दैन सम्बन्ध कसरी चल्छ।

१६) अंदाज़ केही अलग छ मेरो सोच्ने, सबैलाई गन्तव्य को शौक छ र मलाई बाटोको ।

१७) जिन्दगिको बाटो त कहाँ सकिन्छ र मित्र; गन्तव्य त तब मिल्छ जब हाम्रो चाहनाहरु सकिने गर्दछन ।

१८) माया गर तर अति होइन सिमित मात्र गर।

१९) ओठमा मुस्कान त देखिन्छ तर हृदयमा जहर भरिएको छ, यही नै आजको जिन्दगिको कहर छ ।

२०) केही कुरा अधुरो नै राम्रो हुदा रहेछन् पूरा भयो भने चाहाना नै काहा रहन्छ र।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय