काठमाडौँ । ज्योतिष शास्त्रको अनुसार व्यक्तिको भविष्य हातको रेखामा हुने बताइएको छ । हातमा भएका हस्त रेखाको आधारमा ज्योतिष शास्त्र अध्ययन गरेका व्यक्तिहरुले व्यक्तिको भविष्यबारे बताउने गर्छन् । यो एक प्रकारको अनौठो कला हो ।

। हातको हत्केलामा भएका हरेक रेखाको आ आफ्नै महत्व रहेको हुन्छ । त्यसकारण आज हामी हातमा ‘V’ आकारको रेखा हुने व्यक्तिको भविष्य कस्तो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

हातमा ‘V’ आकारको रेखा रहेका व्यक्तिले सधैँ सत्रुसँग विजय प्राप्त गर्ने गर्छन् । हातमा यस्तो रेखा भएका व्यक्तिले हरेक समय भगवान गणेशको कृपा रहने र जीवनमा सधै सफलता मिल्ने बताइएको छ । दाहिने हातको हृदयी रेखाको माथि चोर औँला र माझी औँलाको बीमा रहेको हुन्छ ।

यो रेखाको अगाडी चोरी औँलामा गुरु पर्वतको अगाडी दोस्रो सिरा गुरु पर्वतको तल रहेको हुन्छ । यसरी बनेको ‘V’ आकारको चिन्हलाई विष्णु भगवानको प्रतिक मानिन्छ । हातमा यस्तो चिन्ह हुने व्यक्ति सानोे सानो कुरामा पनि खुसी हुने गर्छन् । उनीहरु सधै स्वस्थ हुन्छन् । जस्तो सुकै प्रकोप आएपनि ती व्यक्तिहरु केही न केही चमत्कार गरेर बाहिर निस्कने विश्वास रहेको छ ।

उनीहरुको जीवनमा आर्थिक संकट कहिल्यै पर्दैन् । उनीहरु जीवनमा आएको जस्तोसुकै समस्या पनि मेहनतको साथ समाधान गर्नछन् । थोरै मेहनतबाट पनि धेरै परिश्रम लिन सफल हुन्छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय