पूरा भयो सपना मेरो…

गायक उदितनारायण झाले गाएका यो गीतको अंशजस्तै उदपुरका मोहन सुनुवारको फ्रान्स आर्मी बन्ने सपना पूरा भएको छ ।

cura insider
लामो सङ्घर्षपश्चात् आज आफ्नो सपना साकार हुँदा सङ्घर्ष गरेपछि साँच्चै उद्देश्यमा पुगिन्छ भन्ने विश्वास भएको छ उनलाई ।

कष्टकर अनि पीडादायी बाल्यकाल सम्झँदा अझै आफूलाई यस ठाउँमा आइपुगेको छु भन्ने विश्वास लागेको छैन उनलाई ।

दुःखैैदुःखमा बितेका ती दिनलाई आफूले एउटा बलियो खम्बा बनाएर त्यसैको सहारामा अगाडि बढेको उनी बताउँछन् ।

बाल्यकाल
उदयपुर जिल्लाको कटारीमा मध्यम वर्गीय परिवारमा मोहन सुनुवारको जन्म भयो । आमा पदमकुमारी र बुबा लेखबहादुरका नौ जना छोरोछोरीमध्ये उनी साइँला छोरा हुन् ।

‘पहिला हाम्रो खेतबारी, वस्तुभाउ टन्नै थियो । खानलाउन समस्या थिएन । कारणबस पछि बुबा र आमा छुट्टिनुभयो,’ उनी भन्छन्, ‘उहाँहरूको पारपाचुकेपछि घरमा धेरै समस्या भए । बुबाले छाडेर गएपछि सबै छोरोछोरी आमासँग बस्यौँ । सुखी परिवार गरिबीमा परिणत भयो ।’

गरिबीका कारण बिहानबेलुकी छाक टार्न धौधौ थियो । निरन्तर विद्यालय गएर पढ्नका लागि न समय थियो न खर्च नै ।

सबै साथीहरू स्कूल जाँदा आफू चाँहि पैसाका लागि खेताला अनि काठ काट्न (आरा आट्न) जानुपरेको उनी सुनाउँछन् ।

भन्छन्, ‘स्कूल जान्थ्यौँ, ४ बजेपछि घर आउनासाथ पुराना कपडा लगाएर दुई घन्टाको बाटो हिँडेर घरमा भएको पुराना सामान फलाम, किट्ली बेच्न कटारी बजार जानुपर्थ्याे । बेचेर आएको पैसाले घरमा चाहिने सामानहरू किनेर जोहो गर्नुपर्थ्याे ।’

बिहान खाएपछि बेलुका के खाने भन्ने अवस्था थियो । पछि १३ वर्षको उमेरदेखि दाउरा बोकेर बेचेको उनी सुनाउँछन् । भारीको १८ रुपैयाँमा बेचेर कमाएको पैसाले घरमा नुनतेल, भाइबहिनीको स्कूल खर्च बेहोनुपर्थ्याे उनले ।

दाउरा बोकेर बेच्ने क्रममा कटारीमा एउटा होटलका साहुले महिनाको ६ सय रुपैयाँ दिएर होटलमा भाँडा माझ्ने काम दिए । उनले त्यही होटलमा आठ महिनासम्म काम गरे ।

दिनरात भाँडा माझ्दा हातखुट्ट्टा नै कुहिएको सुनाउँछन् उनी । त्यसपछि घर फर्केर केही समय बसेर फेरि काठ काट्न सुरु गरे ।

आर्थिक अभावका कारण उनलाई पढाइभन्दा पनि पैसा कमाउनु ठूलो कुरा लाग्थ्यो । एक वर्षमा करिब सय दिन मात्र स्कूल जान्थे उनी ।

उनी भन्छन्, ‘महिनामा तीन पटक मात्र जान्थँे होला । वर्षमा कहिले त ५० दिन मात्र जान्थेँ, अन्य दिन सधैँ पैसा कमाउन अरूको खेताला अनि काठ काट्न र दाउरा बोक्न गइन्थ्यो ।’

परीक्षा शुल्क तिर्न नसकेर परीक्षामा प्रश्नपत्र नै नदिएको उनी सम्झन्छन् । टालेको कपडा अनि कहिले तारले बाँधेर त कहिले धागोले बाँधेको चप्पल लगाएर दाउराको भारी बोकेर उकाली ओराली गर्थे ।

१६ वर्षको उमेरमा उनी पहिलोपल्ट काठमाडौँ आए । काठमाडौँ आएर ज्यामी काम गरे । १५ तल्ला घरको माथि ५० किलोको ढलान गर्ने सिमेन्ट बोकेर पुर्‍याउनुपर्थ्याे । दिनमा पाँच सयदेखि ६ सय रूपैयाँसम्म कमाइ हुन्थ्यो उनको ।

उनी भन्छन्, ‘एक दिन मलाई बलियो भनेर गाडा कुदाउन पठाए । अरूबेला दिनको पाँच सय कमाउने त्यो दिन १८०० रूपैयाँ कमाउँदा कति धेरै कमाएँ जस्तो लाग्यो ।’

दसैँको समय भएका कारण उनी घर फर्के । ज्यामी काम गरेर कमाएको २५ हजार रूपैयाँमध्ये बहिनीलाई कपडा किनेर बाँकी रहेको १५ हजार रूपैयाँ आमाको हातमा दिन पाउँदा आफूले केही जिम्मेवारी निर्वाह गरेको जस्तो महसुस भयो उनलाई ।

पैसा कमाउन कालेबुङ, टिस्टा, सिक्किम अनि दार्जीलिङ गएर भारी बोकेर दुःख गरेको सम्झन्छन् उनी । ‘गाडीबाट झर्ने मानिसको सामान अनि उनीहरूका नानी बोकेर घरसम्म पुर्‍याउने गर्थेँ,’ उनी भन्छन्, ‘कसैले भारु चार–पाँच रूपैयाँ दिन्थे, कसैले १० रूपैयाँ पनि दिन्थे ।’

यति दुःख गर्दै पनि पढ्न भने छाडेनन् उनले । अन्ततः २०६७ सालमा एसएलसी परीक्षा दिए । सेकेन्ड डिभिजनमा पास पनि भए ।

अभावै अभाव अनि जिम्मेवारीमा बितेको बालापनले युवावस्थामा प्रवेश गर्दा कत्ति पनि आभास भएन कि म युवावस्थामा प्रवेश गरेँ र अब केही सङ्गतले मलाई बिगार्छ ।

सञ्चारकर्म
पञ्चवती माध्यमिक विद्यालय खसिबासमा एसएलसीसम्मको शिक्षा लिए । एसएलसीपछि उच्च शिक्षाका लागि के गर्ने भन्ने द्विविधा थियो । दुःख गर्दै भए पनि पढ्छु भन्ने अठोटका साथ उनले जनता मावि गुराँसेमा प्लस टु ज्वाइन गरे ।

काम गर्दै पढ्ने क्रममा २०६८ सालमा युके एफएम नामक रेडियोको सुरुवात भयो । त्यही रेडियोमा स्वयंसेवकको रूपमा काम गर्ने अवसर पाए उनले । स्वयमंसेवकको रूपमा केही समय काम गर्दागर्दै उनले सहायक प्राविधिक हुँदै प्राविधिक भएर काम गर्ने अवसर पाए ।

रेडियोमा काम गरेको पैसाले अरू जिम्मेवारी बहन गर्न गाह्रो भएपछि उनी घर फर्केर फेरि काठ काट्ने कामलाई निरन्तरता दिए ।

काम गर्दैगर्दा नेपाल आर्मीमा भिड्न गए । लिखितमा फेल भएर फर्केपछि फेरि काठ काट्न थाले ।

पछि फेरि जनकपुर एफएममा मासिक पाँच हजार रुपैयाँ पारिश्रमिक पाउने गरी काम गर्न सुरु गरे । त्यहाँ पनि केही समय काम गरेर रेडियो कैरन रामेछापमा काम गरे ।

यसरी केही समय रेडियोमा काम गर्दै घर फर्केर काठ काट्दै समय बितिरहेको थियो । सानैदेखि काठ काट्नमा सिपालु भएकाले अरू काममा असफलता मिले पनि घर फर्केर पुनः काठ काट्न सुरु गर्थे ।

त्यतिबेला गाउँघरमा रेडियो सुन्ने प्रचलन भएकाले रेडियोमा काम गर्न रमाइलो लागेको उनी सुनाउँछन् । कम तलब पाए पनि नाम कमाउने भएका कारण रेडियोमा काम गर्न खुसी लाग्थ्यो उनलाई ।

रेडियोमा काम गर्ने, नेपाल आर्मीमा भर्ती खुलेको बेला भिड्न जाने अनि काठ काठ्ने क्रम नियमित चलिरहेको थियो ।

यसरी नै समय बिताइरहेका बेला २०७१ सालमा सोलुखुम्बूस्थित पूर्वाञ्चलको (प्रदेश १) पहिलो सामुदायिक रेडियो सोलु एफएममा प्राविधिक पदमा काम गर्ने अवसर पाए । त्यहाँ काम गर्दा गर्दै खोटाङको सदरमुकाम दिक्तेलमा नेपाल आर्मी जागिर खुलेको थाहा पाएपछि रेडियोको काम छाडेर दिक्तेल गए ।

उनी भन्छन्, ‘५० जनाको कोटामा पाँच सय जनाको नाम दर्ता थियो । सबैमा पास हुँदै गए पनि अन्तिम चरण अन्तर्वार्तामा फाल्दियो ।’

त्यसपछि मन अमिलो बनाउँदै घर फर्कनुपर्‍यो, मोहनले । दिक्तेलबाट कटारी फर्कने क्रममा हलेसीसम्म आर्मीको गाडीमा आएर बास बसेपछि भोलिपल्ट बिहान हलेसीदेखि कटारी पुग्नका लागि गाडि रिजर्भ गर्ने सल्लाह भयो ।

‘कटारी पुग्न भागमा आठ सय रुपैयाँ परेको थियो । तर मसँग ७० रूपैयाँ मात्र थियो, कसैलाई केही भन्न सकिनँ,’ उनी भन्छन्, ‘त्यही गाडीमा चढेँ । आधा बाटोमा पुगेपछि पैसा उठाउने कुरा भयो । मैले ७० रूपैयाँ मात्र छ भनेर देखाएँ । पछि त्यही आर्मीको क्याप्टेनले ५० रूपैयाँ मात्र लिएर बाँकी २० रूपैयाँ मलाई नै फिर्ता दिएर बाँकी पैसा पनि तिरिदिएको याद छ ।’

यसरी चार वटा रेडियोमा प्राविधिक पदमा रहेर तीन–चार वर्ष काम गरे उनले ।

कहिले रेडियोकर्मी भएर त कहिले जङ्गलमा काठ काटेर उनले पैसा त कमाउँथे । तर भविष्य थिएन । यसरी नहुने रहेछ भन्ने सोचेर विदेश जाने सोच बनाए । त्यसपछि पासपोर्ट बनाएर काठमाडौँ आए उनी ।

फ्रान्स आर्मी बन्ने सपना
काठमाडौँमा दाइसँग बस्ने क्रममा दाइले एकदिन सामान लिन पठाए । दाइ नेपाल आर्मीमा थिए । उनको सामान फ्रान्सबाट आउने थियो । सामान लिन गङ्गबु पुगे । सामान फ्रान्स आर्मीले बोक्ने ब्यागभित्र थियो । उनलाई सामान के छ भन्दा पनि ब्यागले आकर्षित गर्‍यो ।

फ्रान्स आर्मीको ब्याग देखेर फ्रान्स आर्मी हुन्छु भन्ने अर्को सपना थपियो उनको ।

विदेशको यात्रा
पासपोर्ट त बन्यो, तर अब कसरी विदेश जाने ? केही आइडिया थिएन उनलाई । इमानदार तरिकाले काम गरेको मान्छे, कतै विदेश गएर फसिने हो कि मनभरि डर थियो । यी विभिन्न कुराको डर भए पनि नेपाल बसेर अब केही गर्न सक्दिनँ भन्ने लागेर उनले विदेशका लागि ट्राइ गरे ।

उनले दुबई जान भिसा एप्लाई गरे । धेरै समयसम्म भिसा नआएपछि पासपोर्ट फिर्ता लिएर साउदीका लागि एप्लाई गरे । केही हप्तापछि साउदीमा इलेक्ट्रिक कम्पनीमा भिसा लाग्यो । दुई वर्षको कन्ट्रयाक्टमा उनी पहिलोपल्ट साउदी उडे । सुरुमा उनको मासिक ३० हजार नेपाली रुपैयाँ कमाइ हुन्थ्यो ।

उनी भन्छन्, ‘दिनभरि फलामको काम गरेर हत्केलाभरि ठेला उठेको हुन्थ्यो । ज्यान जोखिममा राखेर काम गर्दा पनि पैसा बचाउन मुस्किल थियो ।’

दुई वर्षको कन्ट्रयाक्ट सकिएपछि मोहन पुनः नेपाल फर्किए । पछि फेरि जापानका लागि एप्लाई गर्दा मेनपावरमा दुई लाख रुपैयाँ फस्यो उनको । यसपछि के गर्ने ?

यत्तिकै भौँतारिँदै बसिरहेका बेला इन्टरनेटमा पोल्यान्डको विषयमा सर्च गर्दै गए । पोल्यान्डमा वर्किङ भिसामा बुझेर एप्लाई गरे उनले । लगातारको मेहनत र विभिन्न प्रक्रिया पुगेपछि धेरै समयको पर्खाइमा पोल्यान्डको भिसा लाग्यो ।

भिसा आएर उड्ने दिनसम्म पनि पैसाको अत्तोपत्तो थिएन । पहिला भिसा लाग्दैन कि भन्ने डर थियो, पछि टिकटका लागि पैसा नपुगेपछि निकै सास्ती भयो । यताउता गरेर बल्ल पैसाको चाँजापाँजो मिलाएर युरोप अर्थात सपनाको सहर उड्न पाए, मोहन ।

उनी भन्छन्, ‘युरोप जाने धेरै पहिलादेखिको सपना थियो । कष्टले पूरा भयो ।’

युरोप छिरेपछि फ्रान्स आर्मी भिड्न मिल्छ भन्ने उनले सुनेका थिए । जसकारण पनि कुनै दिन युरोप पुगेरै छाड्छु भन्ने सङ्कल्प गरेका थिए ।

पोल्यान्डमा कुखुरा काट्ने काम गर्नुपर्थ्याे । २१ घण्टासम्म काम गर्नुपर्दा किन आएँछु जस्तो पनि लाग्थ्यो उनलाई ।

तर पनि फ्रान्स आर्मी हुने सपना साकार पार्न उनले हरेक समय मेहनत गरेर काम गर्थे । ड्युटी सकेपछि बेलुकी १२ बजेको चिसो रातमा पनि एक्लै दौडिन निस्कन्थे ।

साथीहरूले फ्रान्स आर्मी हुन गाह्रो छ, तैँले सक्दैनस् भनेर आफूलाई खसाएर बोल्दा उनको मल चसक्क घोच्थ्यो । प्रोत्साहन गर्नुको सट्टा उल्टै हतोत्साहित बनाउँथे । मन खिन्न पार्दै भए पनि एकदिन त्यो सपना पूरा गर्छु भन्ने दृढ सङ्कल्प थियो उनको ।

पोल्यान्डबाट फ्रान्सको यात्रा
फ्रान्स आर्मीको ब्याग देखेर फ्रान्स आर्मी हुन्छु भन्ने सपना देखेका मोहनलाई केहीले पनि रोक्न सकेन ।

पोल्यान्डबाट २०२१ जनवरी ६ मा फ्रान्सको पेरिस पुगे । सबै प्रक्रिया पूरा भयो । रिजल्ट आउने दिन सबैलाई लाइनमा राखिएको थियो ।

विभिन्न देशका गरी ५० जना सहभागीमध्ये २९ जना पास भए । २९ जनाभित्र आफ्नो पनि नाम आउँदा मोहनको खुसीको सीमा रहेन ।

नेपाल आर्मीमा दुईपटक असफल भए पनि अहिले फ्रान्स आर्मीमा सफल हुँदा सपना साकार भएको छ उनको । भन्छन्, ‘पहिलाको दुख सम्झँदा भगवान् छैनन् जस्तो लाग्थ्यो । तर आज साँच्चै मलाई भगवानले साथ दिएको जस्तो लाग्छ ।’

२०२१ जनवरी २१ देखि मोहन फ्रान्स आर्मीमा भर्ती भए । फ्रान्स आर्मीमा जागिर खाने उनको ठूलो सपना पूरा भयो ।

‘पहिलो पटक ड्रेस लगाउँदा धेरैपटक ऐना हेरेर आफैँलाई धन्यवाद दिएँ । आफ्नो निरन्तर मेहनतका कारण सपना साकार भएको छ,’ उनी भन्छन्, ‘इमानका साथ बफादार रही कर्तव्य निर्वाह गर्ने छु । जन्म दिने आमाप्रति सधैँ ऋणी हुने छु । देशका लागि लड्न नसकँुला तर जन्म दिने आमालाई कहिल्यै नरुवाउने बाचा गरेको छु ।’

‘आधा जीवन दुःखमा भौँतारिँदै बिताए पनि बाँकी जीवन आमालाई खुसी दिन सकूँ । इमान्दार भएर काम गर्नू भनेर आमाले दिएको आशीर्वादलाई शिरमा राखेर कर्म गरिरहने छु । मैले सहनुपरेको दुःख अनि भौँतारिएको जीवन मेरो सन्ततिले भोग्नु नपरोस् ।’

उनी भन्छन्, सपनाले आकार मात्र पाएको हो । सङ्घर्ष त अझै बाँकी नै छ । आफ्नो देश नेपालप्रति मेरो सम्मान छ । जन्मभूमिलाई बिर्सेर कर्मभूमिमा खुसी रहन सकिँदैन । एकदिन फर्केर आउने छु– आफ्नै गाउँ, आफ्नै पाखापखेरा अनि आफ्नै देश । गर्व लाग्छ– नेपाली भएर जन्मिएँ, नेपाली नै भएर मर्ने प्रण बनाएको छु । जय देश ।’पूरा भयो सपना मेरो…

उनी भन्छन्, सपनाले आकार मात्र पाएको हो । सङ्घर्ष त अझै बाँकी नै छ । आफ्नो देश नेपालप्रति मेरो सम्मान छ । जन्मभूमिलाई बिर्सेर कर्मभूमिमा खुसी रहन सकिँदैन । एकदिन फर्केर आउने छु– आफ्नै गाउँ, आफ्नै पाखापखेरा अनि आफ्नै देश । गर्व लाग्छ– नेपाली भएर जन्मिएँ, नेपाली नै भएर मर्ने प्रण बनाएको छु । जय देश ।’

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय