काठमाडौं। यति बेला नेकपा एमाले विभाजनको सं’घारमा छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीवि’रुद्ध लागि परेका माधवकुमार नेपाल सफल हुन नसकेपछि उनी आफै वि’भाजनको बाटोमा लागेका छन् ।

यद्यपि, पार्टीका अर्का शक्शिाली नेता बामदेव गौतम भने प्रधानमन्त्री ओलीसँगै रहने संकेत गरेका छन् । अहिलेसम्म नेता गौतम तटस्थ नै रहेको पाइएपछि उनी प्रधानमन्त्री ओलीसँगै रहने सम्भावना बढेको हो।

गौतमको नाम आज अध्यक्ष केपी शर्मा ओलीवि’रुद्ध माधव नेपाल समूहले निकालेको वक्तव्यमा छैन ।

एमालेको नवौं महाधिवेशनबाट चयन भएका स्थायी कमिटी सदस्यहरु १५ जनाको नाम वक्तव्यमा रहेपनि गौतमको छैन ।

गौतममाथि ओलीले कारबाही समेत गरेका छैनन् । उनीमाथि का’रबा’ही प्रक्रिया बढाइएको पनि छैन । यसबाट नेता गौतम तट’स्थ रहेको स्पष्ट देखिएको छ ।

२३ सांसद बोकेर ओलीवि’रु’द्ध सक्रिय नेता नेपाललाई बामदेव गौतको साथ नहुँदा सं’क’टमा पर्ने स्पष्ट देखिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय