काठमाडौं । प्रथम महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृती कप गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

खेलको माध्यमबाट पर्यटन प्रवर्धन, महिला शसक्तिकरण, समानताको आवाज बुलन्द गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा बैशाख ८, ९ र १० गते भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिन बैशाख १० गतेलाई प्राथमिकतामा राखेर फाईनल खेल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा आयोजना गरिने बताईएको छ ।

प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत तर्फका उत्कृष्ट खेलाडी, रेजर र सेटरलाई समेत पुरस्कृत गरिने आयोजक कमिटिका संयोजक जाङ्बु शेर्पाले जानकारी दिएका छन् ।

शेर्पाले महिलालाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गरिएको बताए ।

‘मैले योजनामात्र राखेको हुँ । सबैले सकारात्मक तरिकाले सहयोग गर्नुभएको छ । भलिबल संघसंग मैले ठुलो आशा राखेको छु ।’ उनले भने ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा काम गर्नेसंग सहयोग गर्न तयार रहेको बताए ।

‘राष्ट्रिय विभुतिको कार्यक्रमको उद्घाटन गर्न पाउँदा खुसी छु । बाहिरबाट आएर प्रतियोगिता आयोजना गर्ने आयोजकलाई धेरै धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।

प्रतियोगितामा सहभागीता जनाउन महिलालाई ६ हजार र पुरुष टिमलाई ७ हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = ‘https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.12’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय