काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको पार्टी संसदीय दल र केन्द्रिय समितिको बैठकले माधव नेपाल सहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री तथा पार्टी नेता झलनाथ खनाल भने जोगिएका छन् । उनी जोगिनुको कारण झनै गम्भीर छ । खनालको पछिल्लो स्वास्थ्य अवस्था थाहा पाएर प्रधानमन्त्री समेत भावुक बनेका छन् ।

बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमाथि पार्टीहितवि’रुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप लगाइएपनि ओलीका चर्को आलोचक खनालको नाम भने उक्त लिष्टमा थिएन ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल ग’म्भीर बिरामी भएको थाहा पाएपछि उनलाई का’रवाही नगर्ने मनस्थिति बनाएको बुझिएको छ । पछिल्लो पटक राजनैतिक सक्रियता एक्कासी कम गरेका खनालको स्वास्थ्यमा यस्तो समस्या पाइएको हो । उनलाई तीन महिनाभित्र उचित उपचार नगरे जे पनि हुनसक्ने डाक्टरहरुले चे’तावनी दिएका छन् ।

नेता खनालको मिर्गौलामा समस्या देखिएको हो । खनाल निकट एक नेताका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएका छन् । तीन महिनाभित्र यी काम नगरे स्वास्थ्य अवस्थाबारे केही भन्न नसकिने समेत चिकित्सकहरुले बताएका छन् ।

नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा समस्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइएको थियो । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय