एजेन्सी – बलिउडका चर्चित अभिनेता तथा अभिनेत्री सैफ अली खान र करीना कपूरले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुका दुई सन्तान समेत भइसकेका छन् । सैफको पहिलो विवाह सन् १९९१ मा भएको थियो । उनले बलिउडकै चर्चित अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए ।

अचम्म के छ भने उक्त विवाह समारोहमा पुगेकी थिइन् अहिलेकी सैफ की श्रीमती करीना कपूर । करीना त्यस समय ११ वर्षकी मात्रै थिइन् । तर, अन्तत उनै सैफको कान्छि श्रीमती बनिन् करिन् । उनिहरूको बिवाहअघि सन् २००४ मा सैफ र अमृताको सम्बन्ध-विच्छेद भएको थियो ।

करीनाको भेट ओमकारा फिल्मको सेटमा भएको थियो । करीना शाहिद कपूरसँगको ब्रेकअपका कारण तनावमा थिइन् । सोही समय सैफसँग नजिक भएकी थिइन् । त्यसपछि उनिहरूले बिवाह गरे । हाल उनीहरूको दुइ सन्तान छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय