पोखरा- सानै उमेरमा नेपाल र नेपालीको नाम चिनाएकी भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी टेरिया फौजा मगरको चर्चा अझै उस्तै छ । उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको छ ।

देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति देखाउँदै उनले अहिलेपनि आफुलाई अब्बल सावित गरिरहेकी छिन् । उनी अहिले जवान बन्दै गएकी छिन् । मोडल भन्दा कम नदेखिने उनी अहिले निकै सुन्दर बनेकी छिन् ।

डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी टेरिया मगर अहिले १८ बर्ष नाघेकी छिन् । निकै चर्चित बनेकी टेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन । रुपन्देहीमा जन्मिएकी टेरिया मगर नेपालको पुरा नाम भने टेरिया फौजा मगर हो।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । उनले फेसबुक तथा इन्स्टाग्राममा नयाँ नयाँ तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय