काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ४, सुनसरीमा १, काठमाडौँमा १५३, काभ्रेमा ६, चितवनमा १७, दोलखामा १, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा १७, मकवानपुरमा ६, रसुवामा १, रामेछाममा ३, ललितपुरमा २३, सिन्धुपाल्चोकमा ६, कास्कीमा १५, गोरखामा ३, तनहुँमा १ र नवलपरासी पूर्वमा १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै लमजुङमा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, दाङमा ४, नवलपरासीमा १, पाल्पामा ३, प्यूठानमा २, बर्दियामा १, बाँकेमा १५, रुपन्देहीमा १८, दैलेखमा ३, सल्यानमा १, सुर्खेतमा ४, अछाममा ५, कञ्चनपुरमा १३, कैलालीमा १८, डोटीमा २ बझाङमा ३ र बाजुरामा १ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९४ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार शनिबार ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

गत २४ घण्टामा ४ हजार २ सय ८६ पीसीआर परीक्षण भएको छ। हाल देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय