काठमाडौं । दिनमा हजारौंको संख्यामा मानिसहरुको आउजाउ हुने छातागल्ली बन्द गरिएको छ । छोटो समयमा चर्चामा आएको न्युरोड–संकटा सडकमाथि राखिएको छाता हटाउन थालिएको हो । कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेसँगै मानिसहरुको आउजाउ बढेको थियो ।

[youtube https://www.youtube.com/watch?v=UzRbEmmFCqw?feature=oembed&w=580&h=326]

मानिसहरू आवतजावत बढाउन गरिएको यो नयाँ तरिका भीड व्यवस्थापन गर्न नसकेपछि बन्द गरिएको हो । सामाजिक सञ्जालमा भाइरल भएको सडकमा दैनिक १५ हजारसम्म मान्छे घुम्न आउने गरेका थिए । मुख्य व्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक व्यवस्थापन, सवारी आवागमनमा समेत समस्या भएको थियो ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय