४९ वर्षका मुख्यमन्त्री शेरधन राईले मिस मंगोल २०१८ की विजेता २३ बर्ष पुगेकी जाङ्मु इन शेर्पासंग विवाह गर्दैछन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ ।

मुख्यमन्त्री राईको हुनेवाली को हुन् त ? विवाहको प्रसंग आएपछि धेरैलाई कौतुहलता लागेको हुन सक्छ । मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ जाङ्मु इन शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् ।

मुख्यमन्त्री राई र जाङ्मु को उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र जाङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

मुख्यमन्त्री राई र मोडल जाङ्मुको उमेरमा भने लगभग २७ वर्षको उमेको अन्तर छ ।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै जाङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र जाङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

२०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २२ वर्षको बीचमा तत्कालिन एमालेको जिल्ला सचिव,अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिट्व्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।

मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिकर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने तयारी गरेको बताइएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय