काठमाडौ । थप ७०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ४३८ पुरुष र २७० महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५९ हजार ५४८ पुगेको छ । थप ६ हजार १३५ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ५१ हजार ३१२ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७३१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ६ हजार ३९६ सक्रिय सङ्क्रमित छन् ।

काठमाडौँ उपत्यकामा ३९८ थपिए

काठमाडौँ उत्यकामा थप ३९८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा १५६ महिला तथा १४२ पुरुष रहेका छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ७७९ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ३२४, ललितपुरका ५२ तथा भक्तपुरका २२ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँमा ९६ हजार ७८५, ललितपुरमा १५ हजार १६९ तथा भक्तपुरका आठ हजार ८२५ सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ९३ हजार ३७४, ललितपुरमा १४ हजार ६५९ तथा भक्तपुरमा आठ हजार ५६० सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ४६९, ललितपुरमा १४६ तथा भक्तपुरमा १०० जनाको कोरोनाबाट ज्यान गएको छ ।

आठको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ८४० पुगेको छ । रासस

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय