काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ तेल ट्यांकरले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका–३ का देवनारायण दासकी १३ वर्षीया छोरी लक्ष्मीकुमारी रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३७३३ नम्बरको तेल ट्यांकरले ठक्कर दिँदा गम्भीर घाइते भएकी लक्ष्मीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साइकलमा सवार लक्ष्मीलाई बाटो काट्ने क्रममा ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय