काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता बनाएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

यो भन्दा पहिले उक्त समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजित हुनु भएको थियो ।

तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ । प्रचण्ड–माधव पक्षले ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय