कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल (नेपाल समूहका नेता भीमबहादुर रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताउनुभएको छ । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनका विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको जिकिर गर्नुभयो ।

नेता रावलले दृढ अठोटका साथ अविचलित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्नुभयो । नेता रावलले भन्नुभयो, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।”रासस

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकमा प्रतिक्रिया दिनुहोस

धेरै पढिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय